आँबुखैरेनी, ३१ श्रावण । तनहुँ जिल्ला अन्तर्गत आँबुखैरेनी गाउँपालिकाको पहिचान बन्न सफल श्रीकृष्ण जन्माष्टमी जात्रा आज भव्य रुपले लाग्ने भएको छ । हरेक वर्षको जन्माष्टमी दिन लाग्ने यो जात्रा आँबुखैरेनीको पहिचानको रुपमा स्थापित छ ।
विभिन्न जातजातिको साँस्कृतिक झलक, झाँकीहरु, नाचगान प्रस्तुत हुने यो जात्रा दशकौं देखि आँबुखैरेनीमा लाग्ने गरेको छ ।
विभिन्न संघ संस्थाको सहयोगमा आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले हरेक वर्ष यो जात्राको आयोजना गर्दै आएको छ । यस वर्ष पनि जात्रा भव्य बनाउन लागिपरेको र आवश्यक सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जात्रामा चुड्का प्रतियोगिता, लाखे नाच, रोपाई नाच, बालेन नाच , पाङ्दुरे नाच, स्टेज कार्यक्रम लगायत विभिन्न समुदायको साँस्कृतिक नाँचहरु, लाईभ कन्र्सट तथा विविध सांस्कृतिक कार्यक्रम मुख्य आकर्षकको रुपमा रहेको छ ।
यस्तै यसपटक पनि विभिन्न साँस्कृतिक झलकहरु सहित ¥यालीको समेत आयोजना हुने मञ्चका अध्यक्ष श्रेष्ठले बताए । जात्राको इच्छाकामना न्युजको अफिसियल फेसबुक पेज र युट्युब च्यान मार्फत लाईभ / प्रत्यक्ष प्रशारण गर्नेछ ।