Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन राष्ट्रिय निकुञ्ञ्मा घट्दै गैँडा

चितवन राष्ट्रिय निकुञ्ञ्मा घट्दै गैँडा

इच्छाकामना न्युज

३१, श्रावण २०८२
चितवन राष्ट्रिय निकुञ्ञ्मा घट्दै गैँडा
images

(बर्दिया), साउन ३१ गते । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षण र प्रजननको उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका ९१ एकसिङे गैँडामध्ये अहिले ३८ वटा मात्र बाँकी छन् । बाँकी ५३ गैँडा निकुञ्जभित्र नभेटिँदा लामो समयको संरक्षणको प्रभावकारितामा प्रश्न उठेको छ । 

images
images

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सन् १९८६ देखि २०१७ सम्म विभिन्न चरणमा गैँडालाई बर्दियामा ल्याइएको थियो । पहिलो चरणमा सन् १९८६ फेब्रुअरीमा चार र डिसेम्बरमा नौ गरी १३ गैँडा कर्णाली नदीको तटीय क्षेत्रमा छाडिएका थिए । दोस्रो चरणमा सन् १९९१ जनवरीमा २० र फेब्रुअरीमा पाँच गरी २५ गैँडा ल्याइयो । त्यसपछि सन् १९९९ मा चार भाले गैँडा बबई नदीको तटीय क्षेत्रमा स्थानान्तरण गरियो । 

सन् २००० मार्चमा १० र नोभेम्बरमा ६ गरी १६ गैँडा, २००१ मा तीन भाले र दुई पोथी गरी पाँच गैँडा, २००२ मा पाँच भाले र पाँच पोथी गरी १० गैँडा, २००३ मा तीन भाले र सात पोथी गरी १० गैँडा बबई क्षेत्रमा राखियो । पछिल्ला वर्षहरूमा सन् २०१६ मा तीन भाले र दुई पोथी गरी पाँच र अन्तिम पटक २०१७ मा एक भाले र तीन पोथी गरी चार गैँडा ल्याइएका थिए । 

३१ वर्षको अवधिमा बबई नदीको तटीय क्षेत्रमा मात्रै ३५ भाले र ४३ पोथी गरी ७८ गैँडा र कर्णाली नदीको तटीय क्षेत्रमा आठ भाले र पाँच पोथी गरी १३ गैँडा राखिएको अभिलेख छ । २०७७ सालमा गरिएको पछिल्लो गणनामा भने बर्दियामा जम्मा ३८ गैँडा मात्र भेटिए । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो, “चितवनबाट ल्याइएका ९१ मध्ये अहिले ३८ मात्र छन् । लामो समयसम्म सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।” 

प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार बर्दिया अन्तर्राष्ट्रिय जैविक मार्ग खाता–कोरिडोरसँग जोडिएको हुँदा कतिपय गैँडा भारततर्फ गएका हुन सक्छन् । उहाँले सीमापारको आवतजावत रोकथाम चुनौतीपूर्ण भएको बताउनुभयो ।

त्यसै गरी पर्यावरण मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराईले निकुञ्जभित्र पर्याप्त पानीका स्रोत नहुँदा गैँडा वासस्थान परिवर्तन गर्न बाध्य भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको स्थायी स्रोतको अभावमा गैँडा सहज वासस्थान खोज्दै भारततर्फ गएका हुन सक्छन् ।”

विशेषज्ञका अनुसार बर्दियामा गैँडाको वासस्थान सुधार, पानीको व्यवस्थापन, सीमापार आवतजावत नियन्त्रण र दिगो संरक्षण रणनीति तत्काल आवश्यक छ । गैँडाको घट्दो सङ्ख्या केवल जैविक विविधता मात्र नभई पर्यटन प्रवर्धनमा पनि नकारात्मक असर पार्ने चेतावनी सरोकारवालाको छ ।  

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - ०९:१४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology