Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रिमियर लिगमा लिभरपुलले विजयी शुरुवात

प्रिमियर लिगमा लिभरपुलले विजयी शुरुवात

इच्छाकामना न्युज

३१, श्रावण २०८२
प्रिमियर लिगमा लिभरपुलले विजयी शुरुवात
images

काठमाडौं । इङलिश प्रिमियर लिगको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले विजयी शुरुवात गरेको छ ।

images
images

गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ४-२ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको थियो । २-० ले अगाडी रहेको लिभरपुलविरुद्ध बोर्नमाउथले शानदार कमब्याक गर्दै खेलको ७६औ मिनेटमा २-२ को बराबरी गरेको थियो ।

बोर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरेका थिए । तर त्यसपछि खेलको ८८औं र ९४औं मिनेटमा गोल गर्दै लिभरपुलले कमब्याक गरेको थियो ।

लिभरपुलका लागि हुगो इकिटिक, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो खेल गत जुलाईमा कार दुर्घटनामा मारिएका लिभरपुल स्ट्राइकर डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भालाई भावनात्मक श्रद्धाञ्जली दिएर शुरु गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - ०९:१३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology