Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

इच्छाकामना न्युज

३०, श्रावण २०८२
बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा
images

३० साउन, चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ ।

images
images

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली  आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।  क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो ।

बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणको कामलाई यथाशक्य छिटो थालनी गर्ने गरी काम अगाडि बढाउने बातावरण तयार गरिने बताए ।

उनका अनुसार अस्पतालको मुख्य बिरामी भवनको छेउमा नै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिनेछ । क्यान्सर अस्पतालमा १ हजार ८३४ वर्गमिटर क्षेत्रमा बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक उपकरण जडान हुने छ । सो भवनको निर्माण, उपकरण र आवश्यक तालिम पछि मात्रै अस्पताललाई हस्तान्तरण हुने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको छ ।

काम सुरु गरेको तीन वर्ष भित्र बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सकिने भनेर चिनियाँ टोलीले जानकारी दिएको कार्यकारी निर्देशक पौडेलले बताए । सबै पूर्वाधार तयार भए एक वर्षमा ५० जनामा बोनम्यारो प्रत्यारोपण गर्न सकिने विश्वास अस्पतालको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० साल असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

त्यससम्बन्धी सम्झौता पत्रमा २०८१ साल असोज १४ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने र त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिनका लागि आर्थिक सहायता उपलब्ध गराउने उल्लेख थियो ।

त्यसपछि यसै वर्ष साउन ५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा चिनियाँ प्रतिनिधिसँग चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा अर्थसचिव घनश्याम उपाध्याय र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का प्रतिनिधिबीच हस्ताक्षर भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८२ शुक्रवार - १०:३८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology