Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा जिल्ला प्रशासन कार्यालयद्वारा डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान

तनहुँमा जिल्ला प्रशासन कार्यालयद्वारा डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान

इच्छाकामना न्युज

२५, श्रावण २०८२
तनहुँमा जिल्ला प्रशासन कार्यालयद्वारा डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान
images

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ नागरिकता, पाँच हजार ४८४ सिफारिस, एक हजार ४६७  गुनासो, सात सय ९४ संस्था दर्ता/नवीकरण, छ सय छ नाबालक परिचयपत्र, एक सय ८२ जनालाई हातहतियार नवीकरण/नामसारीसम्बन्धी सेवा प्रदान गरिएको छ।

images
images

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको अधिकारीको भनाइ छ। जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन्। नागरिकता परित्याग गर्नेमध्ये सात महिला र २८ पुरुष रहेको प्रजिअ अधिकारीले बताए। उनका अनुसार सोही अवधिमा तीन महिलाको नागरिकता रद्द गरिएको छ।

कार्यालयले सो आवमा १७ हजार ८६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ। ती मध्ये आठ हजार ७१८ नयाँ नागरिकता र नौ हजार १५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताए। उनका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुका आधारमा) आठ हजार ६७६, वंशज (आमाका आधारमा) तीन, गैरआवासीय २९ र वैवाहिक अङ्गीकृत १० नागरिकता वितरण गरिएको छ।

नागरिकता प्राप्त गर्नेमा चार हजार ४५९ महिला र चार हजार २५९ पुरुष छन्। प्रतिलिपितर्फ वंशजका आधारमा चार हजार ४७७ महिला, चार हजार ६६४ पुरुष, वैवाहिक अङ्गीकृत आठ र जन्मसिद्ध दुई नागरिकता वितरण गरिएको छ।

मासिक रूपमा साउनमा एक हजार ८६९, भदौमा एक हजार १८६, असोजमा सात सय ९१, कात्तिकमा एक हजार ८०२, मङ्सिरमा एक हजार ४३५, पुसमा एक हजार २४४, माघमा एक हजार ६०१, फागुनमा एक हजार १९७, चैतमा एक हजार ४२४, वैशाखमा एक हजार ३६५, जेठमा दुई हजार १९१ र असारमा एक हजार ७६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले एक वषमा छ सय नाबालक परिचयत्र वितरण गरेको छभने छवटा प्रतिलिपि वितरण गरेको छ। यस्तै पाँच हजार एक महिला, आठ हजार ४५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार ७१५ राहदानी विवरण सङ्कलन गरिएकामा चार हजार ४५८ महिला र सात हजार ७४५ पुरुष गरी १२ हजार २०३ राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ।

सो अवधिमा १२ हजार ९९६ महिला र १७ हजार ६६४ पुरुष गरी ३० हजार ६६० जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ। कार्यालयमा आएका ६४ हजार ६८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ। रासस

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - ११:११:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology