Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे

मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे

इच्छाकामना न्युज

२४, श्रावण २०८२
मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे
images

मझुवा, साउन २४ गते । गोरखा नगरपालिका–१३ को मझुवा–बैटारी–हटिया सडक कालोपत्रे भएको छ । 

images
images

गोरखा र तनुहँको  पुलको सिमानमा रहेको प्रमुख प्रवेशद्वारा नजिक रहेको सडक झण्डै ३३ वर्ष पछि पाँच सय मिटर सडक कालोपत्रे भएको हो ।

गोरखा नगरपालिकाको विशेष पहलमा नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको सांसद विकास कोषबाट ९६ लाख ४३ हजार ६२४ रुपियाँ रकम बजेटमार्फत सडक कालोपत्रे गरिएको हो । 

सडक कालोपत्र योजनाका लागि चिराग कन्ट्रक्सन प्रालिसँग २०८० साल जेठ ७  गते सम्झौता भएर भर्खर मात्रै सडक कालोपत्रे सम्पन्न भएको गोरखा नगरपालिका–१३ वडाध्यक्ष मित्रकुमारी नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०८१ साल जेठ ६ गते सम्पन्न गरिसक्नु पर्ने भएता पनि निर्माण कम्पनीले विविध कारण देखाउँदै सडक कालोपत्रे गर्न ढिला सुस्ती गर्दे आएकोमा साना सहरी विकास कार्यालय कास्कीले पटक पटक ताकेता गरेपछि निर्माण कम्पनीले झण्डै ३ वर्षपछि सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालीले बताउनुभयो । 

उक्त सडक कालोपत्रे भएपछि १३ नम्बर भित्रका दराई गाउँ, जै कोट, फेदीखोला, सातदोबाटे, यु खर्क, बैटारी, सुनार गाउँ, तल्लो हटिया, मनमस्ता, सिमलथुम्की, ढकाल गाउँ बेलघारी, ठिमुरे र वडा नम्बर १४ को पर्यटकिय स्थल उपल्लो हटिया, कोट गाउँ, छाँकु र प्युघर, याङकोट, पुग्नलाई सहज हुने वडा अध्यक्ष नेपालीको भनाइ छ । 

विसं २०४९ सालमा ट्रयाक खोलेको सडक २०८२ सालमा सडक कालोपत्रे भएपछि स्थानियवासी खुसी भएका छन् । वडाध्यक्ष नेपालीले भन्नुभयो, ‘‘धेरै समयको पर्खाइपछि उक्त सडक कालेपत्रे भएपछि स्थानियहरूले उत्पादन गरेका तरकारी र मासुजन्य पशुपक्षी नजिकै रहेको आँबुखैरनी र गोरखा सदरमुकाम सम्म सहज रूपमा बिक्री गर्न सकिने भएकाले पनि स्थानियलाई राहत भएको छ ।’’

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - २२:०७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology