Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका दलित समुदायद्वारा सामूहिक जनै धारण तथा रक्षा बन्धन

तनहुँका दलित समुदायद्वारा सामूहिक जनै धारण तथा रक्षा बन्धन

इच्छाकामना न्युज

२४, श्रावण २०८२
तनहुँका दलित समुदायद्वारा सामूहिक जनै धारण तथा रक्षा बन्धन
images

तनहुँ, साउन २४ गते । तनहुँका दलित समुदायले सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका छन् । 

images
images

वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजको आयोजनामा शनिबार जनैपूर्णिमाको दिन व्यास नगरपालिका–३, देउरालीनगर, दमौलीमा गरिएको कार्यक्रममा सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारणा गरेका हुन् ।

जातीय विभेद छिचोल्न वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामूहिक रक्षाबन्धन गरिएको वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजका अध्यक्ष पण्डित तिलक विश्वकर्मा बताउनुहुन्छ । 

समाजमा जातीय विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि सहयोग पुर्‍याउन आफ्नै पुरोहितबाट सामूहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको समाजका सचिव विश्वबुढा परियारले जानकारी दिनुभयो । 

रक्षा बन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, तिलक विश्वकर्मा, अर्जुन सुनार, विश्वबुढा परियार, काजी परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियार र गणेशमान दुलाल लगायतका दलित समुदायका पुरोहितहरू खटिईरहनु भएको छ । 

समाजद्वारा व्यास नगरपालिका–३, अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम गरिएको छ । कार्यक्रम दलित पुरोहितले सयौं सर्वसाधरणलाई रक्षा बन्धन गराएका छन्  ।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँ अध्यक्ष ध्यानाचार्य खेमराज अधिकारीले वेदले जातिय विभेद नगरिएकोले यस्ता कर्मले धर्मको रक्षा गर्ने बताउनुभयो । उहाँले कसैलाई विभेद नगरी वेदको सारको व्यवहारिक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

साथै अधिकारीले दमौलीमा प्रतिष्ठानको आयोजनामा गरिएको अखण्ड महाकोटी होममा सबै जातिलाई सहभागी गराई जातीय विभेद नगररिएको स्पष्ट पार्नुभयो ।

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - २२:०६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology