गोरखा, । आइतवार गोरखा नगरपालिकाभित्रका बिद्यालयहरु बन्द हुने भएका छन् । गाइजात्रा पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिन लागिएको शुक्रवार सार्वजनिक सूचना जारी गर्दै नगरपालिको जनाएको छ ।
सो दिन नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत, परम्परागत एवं धार्मिक बिद्यालयहरु बन्द रहने बताइएको छ ।