Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चीनले समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण गर्‍यो

चीनले समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण गर्‍यो

एजेन्सी

२४, श्रावण २०८२
चीनले समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण गर्‍यो
images

 चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेट मार्फत गेली–०४ उपग्रह समुह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो ।

images
images

‘गेली–०४’ एक उपग्रह  समूहमा साना साना उपग्रहहरू समावेश छन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् र यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन् । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा सङ्कलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।

चिनियाँ समय अनुसार बिहान १२ः३१ बजे, रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो। यस समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो ।

समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्रविधिक क्षमताको संकेत हो, जसले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - १३:२१:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology