भारतको उत्तराखण्डमा मंगलबार दिउँसो आएको बाढीमा परेर चार जनाको मृत्यु हुनुका साथै सैनिक जवानसहित एक सय मानिस बेपत्ता भएको प्रारम्भिक रिपाेर्ट सार्वजनिक भएको छ ।
उत्तराखण्डको खीरगंगा नदीमा वर्षापछि अचानक बाढी आउँदा धराली बजारका घर, होटल तथा मन्दिरहरूसँगै त्यहाँ रहेका मानिसहरु बगेका थिए ।
दिउँसो करिब साढे एक बजेतिर आएको उक्त बाढीमा परेर चार जनाको तत्काल मृत्यु भएको थियो । बाँकी ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको अनुमान गरिएको थियो । हालसम्म अद्यावधिक भएको रिपोर्टअनुसार बेपत्ता हुनेको संख्या एक सय रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।