Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा यातायातबाट साढे चार करोड राजस्व

लमजुङमा यातायातबाट साढे चार करोड राजस्व

इच्छाकामना न्युज

१७, श्रावण २०८२
लमजुङमा यातायातबाट साढे चार करोड राजस्व
images

लमजुङ, साउन १७ गते । लमजुङमा पूर्वाधार विकास कार्यालयले यातायात सेवा प्रवाहबाट एक वर्षको अवधिमा चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

images
images

आर्थिक वर्ष २०८१–८२ मा सवारी कर, आयकर, नवीकरण र रुट पर्मिट लगायतको सेवा बापत राजस्व सङ्कलन भएको हो । पूर्वाधार विकास कार्यालय लमजुङका लेखा सहायक उत्तम गुरुङका अनुसार गत आर्थिक वर्षमा चार पाङ्ग्रे सवारी साधनबाट मात्रै एक करोड ८९ लाख ६२ हजार तीन सय पाँच रुपियाँ राजस्व सङ्कलन भएको छ ।

दुई पाङ्ग्रे सवारी साधनको सवारी कर एवं नवीकरणबाट दुई करोड १८ लाख ११ हजार दुईसय ४० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले सवारी इजाजत र नवीकरण बापत २७ लाख ६३ हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । 

त्यसैगरी यातायात क्षेत्रको रुट पर्मिट र पटके शिर्षकमा नौ लाख ३२ हजार दुईसय रुपियाँ राजस्व सङ्कलन भएको छ । सोही रकममा सवारी आयकर २१ लाख ८९ हजार नौसय २५ रुपियाँ गरी चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सबैभन्दा बढी गत चैत्र महिनामा ९५ लाख, ८१ हजार पाँच सय ८० रुपियाँ राजस्व सङ्कलन भएको छ भने सबैभन्दा कम जेठ महिनामा १५ लाख ९८ हजार तीन सय ५० रुपियाँ राजस्व सङ्कलन भएको थियो । सो बाहेक साउनमा २० लाख ८६ हजार आठसय ३० रुपियाँ, भदौ महिनामा २३ लाख ३२ हजार दुई सय ४० रुपियाँ, असोजमा ३५ लाख ७९ हजार सात सय ७५ रुपियाँ, कात्तिकमा ३९ लाख दुई हजार ५५ रुपियाँ, मङ्सिरमा ४४ लाख ९७ हजार ६ सय २५ रुपियाँ, पुस महिनामा ४३ लाख ३२ हजार पाँच सय ५० रुपियाँ, माघ महिनामा ३७ लाख ३५ हजार तीन सय ५५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै फागुनमा ४४ लाख २८ हजार आठसय ८० रुपियाँ, वैशाखमा २७ लाख ८७ हजार चार सय ३० रुपियाँ र असार महिनामा ३७ लाख ९६ हजार एकसय ४० रुपियाँ राजस्व सङ्कलन भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:४२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology