Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिका–२, घुर्केशमा होमस्टे पर्यटकले भरिए, आन्तरिक पर्यटन फस्टाउँदै

इच्छाकामना गाउँपालिका–२, घुर्केशमा होमस्टे पर्यटकले भरिए, आन्तरिक पर्यटन फस्टाउँदै

इच्छाकामना न्युज

१७, श्रावण २०८२
इच्छाकामना गाउँपालिका–२, घुर्केशमा होमस्टे पर्यटकले भरिए, आन्तरिक पर्यटन फस्टाउँदै

इच्छाकामना (चितवन), साउन १७ । चितवनको इच्छाकामना गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक गुरुङ बस्ती घुर्केश पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको छ। परम्परागत शैलीमा बनेका घर, स्वच्छ वातावरण, शीतल हावा र स्थानीय संस्कृतिले भरिपूर्ण यो बस्तीमा दैनिकजसो पर्यटकहरूको भीड देखिन थालेको छ।

images

गाउँपालिकाको सहयोगमा संचालनमा आएका १४ वटा होमस्टे अहिले पूर्ण रुपमा सञ्चालनमा छन्। पछिल्लो शुक्रबार मात्र सबै होमस्टे पाहुनाले भरिएका थिए। स्थानीय बासिन्दा संगम गुरुङका अनुसार विशेषगरी शनिबार र सार्वजनिक विदाका दिनहरूमा यहाँ आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको छ।

गर्मी मौसममा यहाँको शान्त र शीतल वातावरणमा विश्राम गर्न आउनेको संख्या उल्लेखनीय छ। साथै, यहाँका स्थानीय गुरुङ परिकार, मौलिक आतिथ्यता र संस्कृति पनि पर्यटकलाई आकर्षित गर्ने प्रमुख पक्ष हुन्।

घुर्केश आउने अधिकांश पर्यटकहरू ऐतिहासिक उपर्दाङगढी, मायाटार, पाथिभरा र सिंहदेवी बालगौरी मन्दिर जस्ता नजिकैका धार्मिक तथा सांस्कृतिक गन्तव्य अवलोकनका लागि आउने गरेका छन्। ती पर्यटकहरू घुमघामपछि बसोबासको लागि यहीँका होमस्टे रोज्ने गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले होमस्टे सञ्चालनकर्ताहरूलाई आवश्यक सामग्री, तालिम तथा अवलोकन भ्रमणको अवसर पनि प्रदान गरेको छ। यसले गाउँको आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:२८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology