Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूको बैठक सम्पन्न

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूको बैठक सम्पन्न

इच्छाकामना न्युज

१०, श्रावण २०८२
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूको बैठक सम्पन्न
images
आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा शुक्रबार एक महत्वपूर्ण शैक्षिक बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत तथा गाउँपालिका अन्तर्गतका २५ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को शिक्षातर्फको शसर्त तथा आन्तरिक बजेटको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै चालू आर्थिक वर्ष २०८२/०८३ को शिक्षा बजेट तथा कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।
यस्तै, शैक्षिक सत्र २०८२ को प्रथम त्रैमासिक परीक्षा सञ्चालनसम्बन्धी योजना, विद्यालयमा सिकाइलाई प्रभावकारी बनाउने उपाय, तथा विद्यालयहरूले अपनाउनु पर्ने शैक्षिक रणनीतिबारे पनि गहन छलफल भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।
बैठकमा सहभागी प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयका सिकाइ अनुभवहरू आदान–प्रदान गर्दै असल अभ्यासलाई संस्थागत गर्न आवश्यक कदमहरू प्रस्तुत गरे।
बैठकमा विद्यालयको शिक्षण सिकाइ सुधारमा सबै पक्षले समन्वय गर्दै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो।

images
प्रकाशित मिति :श्रावण १०, २०८२ शनिवार - १२:०७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology