Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिला उद्यमी कल्पना गौलीद्वारा ९ जना महिला कृषक सम्मानित

महिला उद्यमी कल्पना गौलीद्वारा ९ जना महिला कृषक सम्मानित

इच्छाकामना न्युज

९, श्रावण २०८२
महिला उद्यमी कल्पना गौलीद्वारा ९ जना महिला कृषक सम्मानित
images
आँबुखैरेनी (तनहुँ), साउन ९ — आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्दै आएको साप्ताहिक हाटबजारमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक उदाहरणीय कार्य सम्पन्न भएको छ।
व्यास नगरपालिका–५ स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालक कल्पना गौलीले आफ्नै उत्पादन सिउँडी फलको बिक्रीबाट प्राप्त मुनाफाको केही अंश खर्च गरी नौ जना महिला कृषकलाई सम्मान गरेकी हुन्।
गौलीले हाटबजारमा नियमित रूपमा रैथाने कृषि उपज बिक्री गर्दै आएका महिला कृषकहरूलाई कृषि औजार, उपकरण र खादा प्रदान गरेर उनीहरूको कृषिमा योगदानको कदर गरेकी हुन्।
उक्त सम्मान समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष चुमानले कृषिमा सक्रिय महिलाको योगदानलाई सम्मान गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गर्दै यस्ता प्रयासहरूले स्थानीय कृषि व्यवसाय र महिला सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने बताए।
गौलीले कृषक महिलाहरूको अथक मेहनत र समर्पणले आफूलाई प्रेरणा दिएको बताउँदै भविष्यमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरिन्।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २२:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology