Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जिल्ला प्रहरी कार्यालय तनहुँद्धारा आँबुखैरेनीमा नागरिक सुनुवाई सम्पन्न

जिल्ला प्रहरी कार्यालय तनहुँद्धारा आँबुखैरेनीमा नागरिक सुनुवाई सम्पन्न

images

इच्छाकामना न्युज

८, श्रावण २०८२
जिल्ला प्रहरी कार्यालय तनहुँद्धारा आँबुखैरेनीमा नागरिक सुनुवाई सम्पन्न
images
आँबुखैरेनी । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा बुधबार आँबुखैरेनीमा "नागरिक सुनुवाई कार्यक्रम "सम्पन्न भएको छ ।
 
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको सभाहलमा प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान रहनुभएको थियो, भने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत विशिष्ट तथा विशेष अतिथिको रूपमा उपस्थित रहनु भएको थियो।
 
नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, पारदर्शी र विश्वासिलो बनाउने उदेश्यले नागरिक सुनुवाई कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाले बताउनुभयो ।
 
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, समाजसेवी, उद्योग वाणिज्य संघ तथा अन्य संघसंस्थाका पदाधिकारी, आमा समूह, टोल विकास संस्था, शैक्षिक संस्था, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
 
उक्त नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रहरी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, कार्यक्रममा नागरिकहरूले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको उत्तर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, गाउँपालिका अध्यक्ष चुमान लगायतले दिएका थिए।
 
कार्यक्रमले नागरिक र प्रहरीबीचको आपसी विश्वास, सहकार्य र पारदर्शिता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०५:५१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology