Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको स्वागत

आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको स्वागत

images

इच्छाकामना न्युज

५, श्रावण २०८२
आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको स्वागत
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको स्वागत, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता कायम गर्दै समुदायसँगको सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए । उनले विकासका कार्यहरूलाई योजनाबद्ध र समन्वयात्मक रूपमा अघि बढाउने लक्ष्य समेत प्रस्तुत गरे ।

अध्यक्ष चुमानले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै तहबीच सहकार्य आवश्यक रहेको बताए । उपाध्यक्ष अर्यालले पनि नयाँ प्रशासकीय नेतृत्वसँग आशावादी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना व्यक्त गर्दै बस्नेतको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - २२:१६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology