Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

एसइई उत्तिर्ण विद्यार्थीहरुलाई इच्छाकामना प्याब्सनको बधाई तथा शुभकामना

एसइई उत्तिर्ण विद्यार्थीहरुलाई इच्छाकामना प्याब्सनको बधाई तथा शुभकामना

इच्छाकामना न्युज

२२, आषाढ २०८२
एसइई उत्तिर्ण विद्यार्थीहरुलाई इच्छाकामना प्याब्सनको बधाई तथा शुभकामना

कुरिनटार । प्याब्सन इच्छाकामनाले एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।प्याव्सन  इच्छाकामनाका फोकल पर्सन टंकप्रसाद  त्रिपाठीको सभापतित्व तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा प्रगति पाठशाला कुरिनटारमा  बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । 

images

कार्यक्रममा शुभकाना मन्तव्य राख्नुहुदैँ प्रमुख अतिथि वडाध्यक्ष उप्रेतीले इच्छाकामनाको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संस्थागत र सामुदायिक विद्यालयलाई  इच्छाकामना गाउँपालिकाले समानरुपमा हेरेको बताउनुभयो ।विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन अभिभावक, शिक्षक र विद्यालयको संयुक्त प्रयास अपरिहार्य रहेको पनि स्पष्ट पार्नुभयो। कोही पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित नहोस् भनेर  आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा पढ्न नपाएको अवस्थामा गाउँपालिकाले छात्रावृति उपलब्ध गराउने बताउनुभयो । 

विद्यार्थीहरूमा थप हौसला तथा प्रेरणा जगाउने उद्देश्यले  यो कार्यक्रम आयोजना गरिएको प्याब्सन इच्छाकामनाका फोकल पर्सन टंकप्रसाद त्रिपाठीले बताउनुभयो । उहाँले  यहाँको निजि विद्यालयहरुको पढाईमा कुनै पनि हिसावले कजोर नहरेकोले  यहाँ उपलब्ध विषयहरु नै पढ्नका लागि घर छोडेर अन्यात्र जानपर्ने अवस्था नरहेको बताउनुभयो । 

सो अवसरमा इच्छाकामनामा छात्र तर्फ सर्वोत्कृट नम्बर (३.८६जिपए) नम्बर ल्याउने प्रगतिपाठशालाका रायन श्रेष्ठ र छात्रा तर्फ उत्कृष्ट नम्बर (३.७२ जिपिए) ल्याउने ग्रिन फिल्ड इङ्लिस बोर्डिङ स्कुलकी  खूशी सिलवाललाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।  

कार्यक्रममा शिक्षकहरुको तर्फबाट सुदर्शन कट्टेल, अभिभावको तर्फबाट  विष्णु कुँवर,  संस्थागत विद्यालय अभिभावक संघ इच्छाकामनाका अध्यक्ष वासुदेव सिलवाल लगायतले  शुभकामना मन्तव्य राख्नुभएको थियो ।  मस्र्याङ्गदी शिक्षा सदन मुग्लिनका  प्राचार्य दीपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने  प्रगति पाठशाला कुरिनटारका सह–प्रचार्य ईश्वरविलास अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

इच्छाकामनामा ३ वटा  संस्थागत माध्यमिक विद्यालय रहेका  छन् । प्रगति पाठशाला कुरिनटार, मस्र्याङ्गदी शिक्षा सदन मुग्लिन र ग्रिन फिल्ड इङ्गिलस बोर्डिङ्ग स्कूलबाट बाट ४६ जना सहभागी मध्ये ४५ जना उत्तिर्ण भएका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:२४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology