Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल उज्वेकिस्तानसँग पराजित, एसियन कप खेल्नबाट वञ्चित

नेपाल उज्वेकिस्तानसँग पराजित, एसियन कप खेल्नबाट वञ्चित

एजेन्सी

२२, आषाढ २०८२
नेपाल उज्वेकिस्तानसँग पराजित, एसियन कप खेल्नबाट वञ्चित
images

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ ।

images
images

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् । यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् । जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।

त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडि परेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी ग¥यो । पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन् । यस्तै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले एक गोल गरिन् । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो । उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।

यस्तै खेलको १२औं मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन् । खेलको ३७औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन् ।

मध्यान्तरपछिको खेलको ७०औं र ७१औं मिनेटमा साम्बाले लगातार गोल गरिन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि खेलको पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहन पुगेको थियो ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:१४:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology