Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तमु प्ये ल्हु संघ युवा समितिद्वारा आयोजित १० दिने तमु भाषा कक्षा समापन

तमु प्ये ल्हु संघ युवा समितिद्वारा आयोजित १० दिने तमु भाषा कक्षा समापन

इच्छाकामना न्युज

२६, आश्विन २०७७
तमु प्ये ल्हु संघ युवा समितिद्वारा आयोजित १० दिने तमु भाषा कक्षा समापन
images

चितवन, २६ असोज ।

images
images

तमु प्ये ल्हु संघ चितवनको युवा समितिले जुम प्रविधिबाट गरिएको १० दिने गुरुङ भाषा कक्षाको समापन  गरेको छ । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघको अयोजनामा कोरोना महामारीका कारण जुम प्रविधिबाट गरिएको १० दिने भाषा कक्षाको आईतबार एक सामान्य कार्यक्रम समापन गरिएको हो ।  

भाषा कक्षामा प्रशिक्षकहरु तमु प्हेलु संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष जगत टु क्याप्री तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सल्लाहकार संयोजक भिम बहादुर ल्हो तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सांस्कृतिक संयोजक नारायण थिम्जे तमु तथा युकेबाट तमु संस्कृति बिज्ञ नारायण ल्हेगे तमुले प्रशिक्षण दिनु भएको थियो ।

भाषा कक्षामा चितवन जिल्ला भरिका २० जना युवाहरुको सहभागीता रहेकोे  थियो ।समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद रिना गुरुङले पछिल्लो समय युवाहरुमा लोप हुँदै गएको मातृभाषालाई उजागरण गर्नका लागी गरिएको भाषा कक्षाले युवाहरुमा केहि हदसम्म भएपनि सहयोग पुग्ने बताउनु भयो । उहाँले यस किसीमको कार्यहरु आगामी दिनमा पनि गर्न सुझाव दिनु भएको छ ।

यस्तै सोहि कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले भाषा कक्षामा सिकेका कुराहरु सिकाईमा मात्रै नभई बुझेर कार्यन्वयनमा ल्याउन समेत आग्रह गर्नु भयो । उहाँहरुले भाषाका कितावहरु बजारमा उपलब्ध हुने जानकारी दिदै घर परिवारसंग पनि बोल्न आग्रह गर्नुभयो । 

तमु प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष राजीब गुरुङ (आशिष)ले पछिल्लो समय युवाहरुमा आफ्नो भाषा लोप हुदै गईरहेको हुनाले भाषा कक्षा संचालन गरिएको बताउनुभयो । उहाँको कक्षा सफलता पुर्वक सम्पन्न भएको भन्दै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुमा आभार प्रकट गर्नुभयो । असोज १५ गते देखि  शुरु भएको भाषा कक्षा शनिबार २४ गतेसम्म सञ्चालन भएको थियो । 

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - ०८:००:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology