Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटक बढ्दै

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटक बढ्दै

इच्छाकामना न्युज

३०, जेठ २०८२
गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटक बढ्दै
images

इच्छाकामना । पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको पर्यटीय स्थलहरुमा आन्तरिक पर्यटकको आगमन बढेको छ । प्राकृतिक सौन्दर्य र शीतल वातावरणको खोजीमा आन्तरिक पर्यटकहरू इच्छाकामनाका विभिन्न रमणीय पर्यटकीय स्थलहरूमा आकर्षित भएका हुन् ।

images
images

आन्तरिक पर्यटकहरू विशेषगरी इच्छाकामनाको एतिहासिक उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तिवाङ गाउँ, मायाटार, घुर्केश र ऐतिहासिक इच्छाकामना मन्दिरमा बढी देखिन थालेका छन्। यी क्षेत्रहरूमा हरियाली, शान्त वातावरण, विभिन्न जातजातीका संस्कृति र पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । साथै, गर्मी मौसमसँगै त्रिशूली नदीमा राफ्टिङ गर्न आन्तरिक पर्यटहरुको संख्या बढेका छन् ।

होटल व्यवासयी संघ चितवनका पूर्व अध्यक्ष भरतपुरका दासिराम ढकालले यहाँ आउदाँ आफुलाई आनन्दित महशुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको तराई क्षेत्रमा गर्मी बढ्दोे छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ ।” भरतपुरबाट डेढ घण्टामै पुग्न सकिने यहाँ गर्मी छल्नका लागि उपयुक्त स्थान भएको उहाँको भनाई छ । साथै यहाँका अर्गानिक खानाहरु स्वादिष्ट लागेको बताउनुभयो । गर्मी बढेसगैँ मायाटारसहित उपर्दाङगढी, घुर्केश हात्तिवाङ लगायतका गाउँहरुमा रहेका होमस्टेहरु भरीभराउ हुने गरेका छन् ।

इच्छाकामना २ मायाटारमा घरबास होमस्टे सञ्चालन गर्दै आउनुभएका स्थानीय टिका गुरुङले होमस्टेमा दैनिक पर्यटकहरु आइ बास बस्ने गरेको बताउनुभयो । यहाँ बाह्रै महिना पर्यटकहरु आउने गरे पनि गर्मी मौसममा पर्यटकहरुको आगमन अत्याधिक हुने गरेका छन् । उहाँले भन्नुयभो, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसममा भने सितल हावापानी भएकाले पर्यटककको चाप बढ्ने गरेको छ ।” उहाँका अनुसार गत बर्ष जेठ महिनामा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटकहरु बास बस्न आउने गरेकोमा यो जेठ महिनामा दैनिक ५० जना जनाको हाराहारीमा पर्यटक आएका छन् ।

शनिबार र विदाको दिनमा भने सय भन्दा बढी आन्तरिक पर्यटहरु बास बस्न आउने गरेको उहाँको भनाई छ । गाउँपालिकाको सहयोगमा सञ्चालित होमस्टेहरूमा स्थानीय संस्कृति र खानाको अनुभव लिन आउने पर्यटकको संख्या उल्लेखनीय छ। घुर्केशमा स्थानीय संस्कृति, सितल हावा पानी र स्थानीय परिकारहरुको स्वाद लिन पर्यटकहरु आउने गर्छन् । गर्मी बढेसगैँ पर्यटकहरुको आगमन बढेको छ । एतिहासिक गुरुङ बस्ती रहेको घुर्केश गाउामा १४ वटा घरमा होमस्टे सञ्चालनमा रहेको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङका अनुसार पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार निर्माण स्थानीयलाई होमस्टे सञ्चालनका लागि सहयोग र प्रचारप्रसारमा जोड दिइएको छ । उहाँले भन्नुभयो, “हामीले पर्यटकीय क्षेत्रहरूको पूर्वाधार सुधार, प्रचारप्रसारका साथै होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका छौं।” साथै पर्यटकको आगमनले स्थानीयले उत्पादन गरेका तरकारी तथा कृषिजन्य बस्तुहरु घरमै बिक्री वितरण गर्न पाएको अध्यक्ष गुरुङको भनाई छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - १९:३३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology