Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन प्रहरीको नयाँ अभ्यास : ‘घुमौँ चितवन’

चितवन प्रहरीको नयाँ अभ्यास : ‘घुमौँ चितवन’

इच्छाकामना न्युज

२७, जेठ २०८२
चितवन प्रहरीको नयाँ अभ्यास : ‘घुमौँ चितवन’
images

भरतपुर । शान्ति सुरक्षा, अपराध अनुसन्धानजस्ता काममा व्यस्त हुने प्रहरी अहिले फुर्सदको समय निकालेर घुम्न थालेका छन् । ‘घुमौँ चितवन’ भन्ने नारा नै दिएर जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना कर्मचारीहरुबीच नयाँ अभ्यासको थालनी गरेको हो ।

images
images

सबै प्रहरी कर्मचारीमा मानसिक तथा शारीरिकरुपमै स्फूर्ति ल्याउनका लागि आफूले योजना बनाएअनुसार घुमौँ चितवन अभियान थालिएको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीको भनाइ छ । ‘दिनरात नभनी काममा खटिने प्रहरी कर्मचारीको पनि घुम्ने, रम्ने रहर हुन्छ । व्यस्त समयबाट फुर्सद निकालेर समूह–समूह बनाई जिल्लाका विभिन्न पर्यटकीय स्थानहरु घुमाउने योजना रहेको छ’, एसपी पुरीले भने ।

जिल्लाको कुनै बिट, कार्यालय, चौकीमा खटिएको प्रहरी त्यहीँवरपरका बारेमा मात्र जानेर अन्य जिल्लामा सरूवा भई जाने गरेका छन् । अब आफू कार्यरत जिल्लाकै कुन ठाउँमा के छ, भौगोलिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक रमणीय ठाउँहरु थुप्रै भए पनि जान्ने, बुझ्ने, घुम्ने मौका पाएका हुन्नन् । त्यसैले, जिल्लाको अवस्था जान्न, बुझ्नका लागि पनि यो अभियान थालिएको एसपी पुरीको भनाइ छ ।

एकोहोरो काममा मात्र व्यस्त हुँदा कामको नतिजा पनि भनेजस्तो नआउन सक्छ, खालि तनावको वातावरणमा काम गर्नुपर्ने परिवेशबाट छुटकारा दिलाई जागिरे जीवनमा पनि मनोरञ्जन र नयाँ अनुभूतिका लागि नयाँ काम थालिएको उनको भनाइ छ । ‘यसो हेर्दा प्रहरी घुमेजस्तो देखिएला तर घुमेका ठाउँको प्रचारप्रसार पनि सँगसँगै भइरहेको हुन्छ । जसले त्यस ठाउँको थप प्रवद्र्धनका लागि सहयोग गर्छ’, एसपी पुरीले भने ।

घुम्ने ठाउँसम्म पुग्नका लागि यातायात व्यवस्थापन, स्वागतसत्कार, अन्तक्र्रियाजस्ता गतिविधिका हकमा सरोकारवालासँग सहकार्य भएको प्रहरीको भनाइ छ । ‘एक जना प्रहरी कर्मचारीले घुमेको ठाउँमा फोटो/भिडियोमात्रै हालेमा पनि त्यसको व्यापकता धेरै रहन्छ, त्यही फोटो/भिडियो हेरेर त्यो ठाउँ घुम्न आउने पनि हुन्छन् ।

उनीहरुकै परिवार आउँदा पनि घुम्न जाने वातावरण बन्छ’, एसपी पुरीले भने । हप्ताको एकदिन बिदाको समय पारेर कामको चाप कम भएको बेला मनोरञ्जन लिने उद्देश्यले गरिएको अभियान सकारात्मक ऊर्जाका लागि प्रभावकारी भएको चितवन प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

‘जिल्लाका हरेक प्रहरी कार्यालयका कर्मचारी आफू कार्यरत स्थानमा कामविशेषले पनि घुमेकै हुन्छन्, तर अन्य ठाउँमा घुम्ने, रम्ने अवस्था रहन्न । त्यसैले, एक ठाउँको कर्मचारीलाई अर्को ठाउँमा घुम्न पठाउने गरिएको छ’, डिएसपी खनालले भने, ‘मनकामना मन्दिर दर्शन, नारायणीमा डुङ्गा सयर गरिसकेका छौँ, अब जिल्लाका अन्य पर्यटकीयस्थलहरु पनि घुम्ने र घुमाउने योजना बनेको छ ।’ घुम्ने अभियानले प्रहरी कर्मचारीमा कामप्रतिको लगाव झनै बढेर जाने प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १४:२१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology