धादिङ, २५ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका क्षेत्रका विद्यालयहरुमा सुरु भएको पठन पाठन असोज ३० गते सम्मको लागि पुनः बन्द गरिएको छ।
गाउँपालिकामा कोभिड संक्रमितहरुको संख्या बृद्धि भए सँगै विद्यालयमा पठन पाठन बन्द गरिएको गाउँपालिकाका शिक्षा अधिकारी बोदराज पाठकले बताउनु भयो।
पाठकका अनुसार गाउँपालिका भित्र रहेका विद्यालय बन्द गरिए पनि विद्यालय स्तरीय कक्षा ११ को परिक्षा भने स्थगित गरिएको छैन।