Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

राप्तीमा कारको ठक्करबाट युवकको मृत्यु, कारसहित चालक फरार

राप्तीमा कारको ठक्करबाट युवकको मृत्यु, कारसहित चालक फरार

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
राप्तीमा कारको ठक्करबाट युवकको मृत्यु, कारसहित चालक फरार
images

भरतपुर । राप्ती नगरपालिका वडा नं–५, हर्दीमा नम्बर नखुलेको कारको ठक्करबाट नामथर, वतन नखुलेको अन्दाजी २२ वर्षीय पैदलयात्री युवकको मृत्यु भएको छ ।

भण्डाराबाट खुरखुरेतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो कलरको कारको ठक्करबाट गम्भीर घाइते युवकलाई उपचारका लागि पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा लगिएकोमा बिहीबार बिहान १ः०० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने कार र चालक दुर्घटनापश्चात् फरार रहेकाले खोज तलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १०:२४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology