Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पार्टी भित्र आफू अन्यायमा परेको प्रचण्डको भनाइ 

पार्टी भित्र आफू अन्यायमा परेको प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
पार्टी भित्र आफू अन्यायमा परेको प्रचण्डको भनाइ 
images

काठमाण्डौ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताउनुभएको छ । आज ललितपुरको जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताउनुभएको हो  । 
न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गर्नुभयो  । कार्यक्रममा प्रचण्डले  ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी गर्नुभयो । जेलमा बस्दा पनि ओलीले चाणक्य नीति बाहेक केही नपढेको आरोप प्रचण्डले लगाउदै अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको टिप्पणी गर्नुभयो ।  ओलीको क्षमता भनेकै विचार इमान्दारमा नभइ बेइमानी छलकपटमा रहेको प्रचण्डको आरोप थियो ।  ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २०:०९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology