Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नाइजेरियामा भीषण बाढी : तीन दिनमा ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा

नाइजेरियामा भीषण बाढी : तीन दिनमा ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा

इच्छाकामना न्युज

१७, जेठ २०८२
नाइजेरियामा भीषण बाढी : तीन दिनमा ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा
images

काठमाडाैं, जेठ १७ ।नाइजेरियाको नाइजर राज्यमा आएको भीषण बाढीका कारण तीन दिनमा कम्तिमा ११७ जनाको मृत्यु भएको छ। अझै धेरै जना बेपत्ता छन् ।

images
images

उद्धार टोलीहरू सहयोग कार्यमा संलग्न रहेका छन् । बाढीले हजारौं घरहरू ध्वस्त भएका छन् । नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका अधिकारीका अनुसार बाढीका कारण ३ हजारभन्दा बढी घरहरू डुबानमा परेका छन्।

उक्त क्षेत्रमा बाँध भत्किँदा अवस्था झनै बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । नाइजेरियामा, वर्षायाममा नाइजर र बेनु नदीको किनारमा रहेका क्षेत्रहरूमा प्रायः बाढी आउँछ।

गत वर्ष सेप्टेम्बरमा, नाइजेरियाको मैदुगुरीमा भारी वर्षा र बाँध भत्किँदा बाढी आएको थियो, जसमा ३० जनाको मृत्यु भएको थियो र लाखौं मानिसहरू घरबारविहीन भएका थिए ।

images
प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - ०८:४१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology