Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कोरोना संक्रमित थपिएपछि शहिदलखन बुंकोटका विद्यालय पुन बन्द

कोरोना संक्रमित थपिएपछि शहिदलखन बुंकोटका विद्यालय पुन बन्द

इच्छाकामना न्युज

२५, आश्विन २०७७
कोरोना संक्रमित थपिएपछि शहिदलखन बुंकोटका विद्यालय पुन बन्द
images


शहिदलखन, २६ असोज
गोरखाको शहिदलखन गाउँपालिकामा केहि दिन अगाडीबाट सञ्चालनमा आएका विद्यालयले पुन बन्द भएका छन्, 
आज आइतबार गाउँपालिकाका वडा नम्बर ७ मा थप तिन जना ४७, ४५ र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा नम्बर ७ र ८ का सम्पूर्ण विद्यालयहरु बन्द गरिएको हो।

images
images

आइतबार बेलुका बिधार्थी सिकाई सहजिकरण ब्यबस्थापन समितीको आकास्मिक बैठकबाट साविकको बुंकोट भरका विद्यालयलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो। गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्षहरु शरण श्रेष्ठ, काशिनाथ अम्गाई, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय बुद्धिजिवी लगायत सरोकारवालाहरुको सहभागिता भएको बैठकबाट संक्रमितको सम्पर्कमा पुगेकाको कन्ट्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआञ्जेलसम्मका लागि सिकाई कक्षा बन्द गर्ने निर्णय भएको बताइएको छ।

 

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - २२:०१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology