Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोलीदेखि गोरखामा २२ औं सवा लाख रोट महोत्सव सुरु हुने

भोलीदेखि गोरखामा २२ औं सवा लाख रोट महोत्सव सुरु हुने

इच्छाकामना न्युज

२८, बैशाख २०८२
भोलीदेखि गोरखामा  २२ औं सवा लाख रोट महोत्सव सुरु हुने
images

गोरखा । गोरखा दरर्वार परिषरमा रहेको गोरखानाथ मन्दिरमा भोलीबाट सुरु हुने २२औं सवालाख रोट महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको सबै तयारी पुरा भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले बताए ।

images
images
महोत्सवमा सहभागी हुन आउने श्रद्वालु भक्तजनहरुको आवास, खाना र रोटका सबै सामाग्रीहरु महोत्सव स्थलमा आईपुगेको पनि उनले बताए । ‘आन्तुकहरुको लागी बस्ने आवास र खाना खाने ब्यवस्था सबै मिलाएका छौ’ उनले भने ‘गोरखनाथलाई चढाउने रोटको सबै सामाग्री आईसकेको छ ।’
अहिले गुरु गोरखानाथका साथै माता गोरखकालीको मन्दिरलाई सिंगार्ने काम भई रहेको छ । त्यसका अलावा रोट पकाउने ठाउँको ब्यवस्था तथा आवश्यक पानीको प्रवन्ध समेत भइ सकेको उनले बताए ।
 
‘बिगतमा रोट पकाउन पानीको समस्या थियो, अहिले त्यो समस्या समाधान भएको छ’ उनले भने ‘आवश्यक पानीको प्रबन्ध साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गरीदिएको छ ।’

रोट पकाउने ठाउँ र श्रद्वालु भक्तजनहरु धेरै हुने हुदा पिठो मुछ्ने पानीदेखी पिउने र सरसफाईको लागी समेत पानीको अभाव हुदै आएको थियो । यस पटक भने त्यो समस्या समाधान भएको संयोजक अर्यालले जानकारी दिए ।

रोट पकाउनको लागी आवश्यक दाउरा समेत सम्वन्धित स्थानमा पुगी सकेको छ । ‘दाउरा ओसार पसारमा नेपाली सेनाले हामीलाई सहयोग गरेको छ’ संयोजक अर्यालले बताए ।

कार्यक्रम अनुसार भोली बिहान ८ः३० बजे गोरखा सदरमुकामको बैंक रोडमा रहेका सिद्वाश्रम शक्ति केन्द्रबाट ¥र्याली हुने छ । र्यालीमा कन्याहरुले कलश लिएर हिड्ने छन् भने गुरु गोरखनाथको रथ समेत र्यालीमा सहभागी हुने छ ।

सोही ¥र्यालीमा विभिन्न जात जातीका बाजा गाजाका साथै झाँकीहरु समेत सहभागी भएर गोरखा बजारको पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–रामशाह चौतारो हुदै गोरखा दरर्बारमा रहेको गुरु गोरखनाथको मन्दिर पुगेर र्यालीको समापन हुने छ ।

¥र्याली समापन हुनु पूर्व गुरु गोरखनाथको मन्दिर अगाडी झण्डोतोल गरिने छ । त्यस लगत्तै रोट पकाउने काम हुने छ । रोट पाकी सकेपछी साईत हेरेर गुरु गोरखनाथलाई रोट अर्पण गरिने संयोजक अर्यालले बताए ।

यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी श्रद्वालु भक्त्तजनहरुले महोत्सवमा सहभागिता जनाउने अनुमान गरिएको छ ।

यस पटकको महोत्सव फरक खालले मनाउने तयारी भईरहेको छ । मानव कल्याण र विश्व शान्तिको कामना गर्दै बिक्रम सम्बत २०६१ सालदेखी नै केन्द्रले गोरखनाथ मन्दिरमा सवालाख रोट अर्पण गर्दै आएको छ ।

 

विगतदेखी नै गोरखनाथ जयन्तीको अवशर पारेर आयोजना गरीएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउने गरेका थिए । यो पटक पनी नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरीएको छ ।

रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने सिद्वाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

उक्त दिनमा उभौली पर्व, बुद्व जयन्ती, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, बैशाख स्नान समाप्ति, कुर्म जयन्ती, पुर्णीमा ब्रत र अन्तराष्ट्रिय नर्स दिवस समेत परेको छ ।

रोट के हो ?

रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।

चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।

रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।

दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।

स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १५:३७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology