Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युवा संघ इच्छाकामनाको अध्यक्षमा आशिष मगर, सचीवमा मेलिना गुरुङ चयन

युवा संघ इच्छाकामनाको अध्यक्षमा आशिष मगर, सचीवमा मेलिना गुरुङ चयन

इच्छाकामना न्युज

२८, बैशाख २०८२
युवा संघ इच्छाकामनाको अध्यक्षमा आशिष मगर, सचीवमा मेलिना गुरुङ चयन
images

सिमलढाप । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल इच्छाकामना गाउँकमिटी अध्यक्षमा आशिष मगर चयन भएको छ । शनिबार सिमलढापमा सम्पन्न संघको दोस्रो अधिवेशनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

images
images

अधिवेशनले संघको उपाध्यक्षमा मुस्कान पुरी, सचीवमा मेलिना गुरुङ, उपसचिवमा राम कुमार चेपाङ्ग र कोषअध्यक्षमा सीता त्रिपाठीलाई चयन गरेको छ ।

संघको केन्द्रीय सचिव महेश चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अतिथिको रुपमा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं बागमतीका वनमन्त्री कृष्ण सिलवाल, जिल्ला कमिटी सदस्य एवं इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, एमाले इच्छाकामना गाउँकमिटी अध्यक्ष प्रकाश अधिकारी, युवा संघ स्थायी कमिटी सदस्य एवं चितवन जिल्ला इन्चार्ज शंखर अधिकारी जिल्ला अध्यक्ष झलक राज भट्ट लगायतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १०:०९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology