Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना आधारभूत अस्पतालमा आजदेखि स्वास्थ्य बिमाबाट उपचार सेवा सुरु

इच्छाकामना आधारभूत अस्पतालमा आजदेखि स्वास्थ्य बिमाबाट उपचार सेवा सुरु

इच्छाकामना न्युज

२५, बैशाख २०८२
इच्छाकामना आधारभूत अस्पतालमा आजदेखि स्वास्थ्य बिमाबाट उपचार सेवा सुरु
images

कुरिनटार । इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बिमाको सेवा सुरु भएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र प्रदेशकै वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले बिमा सेवाको शुभारम्भ गरेका हुन् ।

images
images

स्थानीयस्तरमै स्वास्थ्य बिमामार्फत उपचार हुने भएपछि इच्छाकामना गाउँपालिकाभित्रका जनतालाई उपचार सेवामा थप सहज भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले बताए ।

उनका अनुसार स्वास्थ्य बिमासँगै स्त्रीरोग विशेषज्ञ सेवा र रेडियोलोजिष्टसहितको विशेषज्ञ सेवासमेत बिहीबारबाटै सुरु गरिएको छ । भरतपुरस्थित मौलाकालिका अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले विशेषज्ञ सेवाको व्यवस्था गरेको पालिकाका अध्यक्ष गुरूङले जानकारी दिए ।

करिब एक वर्षअघिदेखि सञ्चालनमा रहेको अस्पतालमा राजमार्ग क्षेत्र पर्ने भएको हुँदा ट्रमा सेन्टरसमेत सञ्चालनमा छ ।

कुरिनटारमै १५ शड्ढयाको आधारभूत सेवा सञ्चालन हुँदा इच्छाकामना गाउँपालिकासँगै छिमेकी जिल्ला धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँगै गोरखाको गण्डकी र शहीद लखन गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुने छन् ।

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १८:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology