Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने

काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने

इच्छाकामना न्युज

२५, बैशाख २०८२
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
images

काठमाडौँ । काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ ।  यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ । 

images
images

बुधबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी बारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको जानकारी दिइएको छ । 

बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् । 

उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । उक्त दिन चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने गरी शान्ति रयाली आयोजना गरिने पनि जानकारी दिइएको छ । 

समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन रयोलीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना सुनाए । सो दिन हायात चौरमा आयोजना हुने औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत समितिले गर्ने भएको छ ।

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - ०७:५०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology