एजेन्सी । इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनालाई समग्रमा इन्टर ७-६ ले हराउँदै इन्टर फाइनलमा पुगेको हो । बार्सिलोनामा भएको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४- ३ ले हरायो ।
खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो ।
पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे ।
८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो ।
इन्टर अब पीएसजी र आर्सनलबीचको विजेतासँग फाइनल खेल्नेछ ।
बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पीएसजी खेल्नेछन् । पहिलो लेग पिएसजीले १-० ले जितेको थियो। फाइनल मे ३१ मा हुनेछ ।