Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्थानीय तहमा कर्मचारी छिटो, छिटो सरुवा हुँदा काममा समस्या 

स्थानीय तहमा कर्मचारी छिटो, छिटो सरुवा हुँदा काममा समस्या 

images

सिआईएन

१४, फाल्गुण २०७७
स्थानीय तहमा कर्मचारी छिटो, छिटो सरुवा हुँदा काममा समस्या 
images

स्नेहा कर्ण, काठमाडौं, १४ फागुन । नेपालभर हाल निजामति कर्मचारीको संख्या ८७ हजार छ । देशभर रहेका विभिन्न तहका सरकारी कर्मचारीलाई कानूनमै कम्तिमा दुई वर्ष एउटै स्थानमा काम गर्न पाउने व्यवस्था गरेको छ । तर, स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृतको रुमपा कार्यरत कर्मचारी ६ देखि १५ महिना भन्दा बढी समय बस्न पाउँदैनन । 
कैलालीको मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत नारायण प्रशाद शर्मा ३ महिना अघि सरुवा भएर आउनुभएको छ । धनगढी उपमहानगरपालिकाको अधिकृत सातौंको रुपमा कार्यरत शर्माले चार वर्षमा तीनवटा पालिकामा काम गरिसक्नु भएको छ । 
जनकपुरधाम उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खड्का दुई महिना अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यररत हुनुहुन्थ्यो । तर, हाल उहाँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जनकपुर सरुवा गरिएको छ । यती समयसम्म बस्छु भन्ने ग्यारेन्टी उहाँसँग छैन ।  खड्का मात्रै होइन गुल्मीको गुल्मी दरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय पनि ९ महिना अघि मात्रै सरुवा भएर आउनुभएको हो । १७ वर्षदेखि निजामति कर्मचारी भएर काम गर्दै आउनुभएका पाण्डेले हालसम्म दुई वर्षसम्म एउटै कार्यालयमा काम गर्ने मौका पाउनुभएको छैन । २ वर्षसम्म एकै स्थानमा काम गर्न पाउनुपर्छ भनेर कानूनी व्यवस्था भएपनि न्यायको खोजी भने नगरेको उहाँको भनाइ छ ।  
७ सय ५३ स्थानीय तहमध्ये झन्डै १ सय ३० भन्दा बढीमा निमित्तको रुपमा अधिकृतहरु कार्यरत छन् । स्थानीय तहमा १ लाख ३ हजार कर्मचारी चाहिनेमा ७० हजार मात्रै कार्यरत रहेको संघीय मामिला तथा सामान्य प्रशासनले बताएको छ । प्रायजसो अधिकृत मेयर र उपमेयरसँगको टकरावकै कारण समयभन्दा अघि नै सरवा मिलाएर हिँड्ने गरेका छन्न । कतिपयलाई स्थानीय सरकारका प्रमुखले नै संघीय मन्त्रालयमा भनसुन गरि सरुवा गराउने गरेको देखिन्छ ।  
दुई वर्ष एउटै कार्यालयमा काम गर्न पाउने कानूनमै व्यवस्थालाई कसरी कार्यान्वयनमा ल्याउन सकिने प्रशासनविद काशिराज दाहालको सुझाव छ । कानूनमा भएको व्यवस्था कर्मचारीले नै झन्झटिलो भन्दै आफ्नो अधिकारका लागि बोल्न नसक्दा उनीहरुको सरुवाको चेपमा परेको र त्यसको असर स्थानीय सरकारको काममा परेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १८:४०:२० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology