Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदै

इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदै

इच्छाकामना न्युज

२३, बैशाख २०८२
इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदै
images

इच्छाकामना । चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हने भएको छ ।  वैशाख २५ गतेदेखि  बिमा कार्यक्रम शुभारम्भ गरिने भएको हो  । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार इच्छाकामनामा पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो । साथै सेवा शुभारम्भको दिन  भिडियो एक्सरे निशुल्क गरिने छ ।  सोही दिनदेखि  हरेक  महिनाको दोश्रो शुक्रबार स्त्री रोग विशेषज्ञ सेवा र भिडियो एक्सरे सेवा पनि  सुरु गरिने अध्यक्ष गुरुङले बताउनुभयो । । 

images
images

यसैबिच मौलाकालिका अस्पताल भरतपुरमा इच्छाकामनाका नागरिकले उपचारमा २५ प्रतिशत छुट पाउने भएको छ । मौलाकालिका अस्पताल र इच्छाकामना गाउँपालिकाबिच उपचारमा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत  छुट गर्ने सहमति भएको हो ।  

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २१:५६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology