Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

केदारनाथ धामको ढोका आजदेखि खुल्यो

केदारनाथ धामको ढोका आजदेखि खुल्यो

images

इच्छाकामना न्युज

१९, बैशाख २०८२
केदारनाथ धामको ढोका आजदेखि खुल्यो
images

काठमाडौँ । पाँच महिनाको लामो प्रतीक्षापछि केदारनाथ धामको ढोका आज बिहान देखि खुलेको छ । बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुलेको हो ।

धामको ढोकाका रूपमा १३ क्विन्टल फूलले भगवान् केदारनाथ मन्दिरलाई सजाइएको छ ।

अखण्ड ज्योतिको दर्शनपछि गर्भ गृह र मन्दिरको सरसफाइ गरिएको थियो। रुद्राभिषेक, शिवाष्टक, शिव ताण्डव स्तोत्र र केदाराष्टक जस्ता मन्त्रोच्चारणका साथ ६ महिनाअघि बाबामा चढाइएको भीष्म शृङ्गार हटाइएको थियो।

ढोका खुल्ने बित्तिकै २५ सय भक्तजनले धाममा पुगेर दर्शन गरेका छन्। अब भक्तजनले ६ महिनासम्म केदारनाथको दर्शन गर्न सक्नेछन्।

मौसम अनुकूल रहेमा यस वर्ष २५ लाखभन्दा बढी भक्तजन केदारनाथ धाम पुग्ने अनुमान गरिएको छ।

images
प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - ०८:२२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology