Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाद्वारा पढाई सुरु गर्न सूचित

आँबुखैरेनी गाउँपालिकाद्वारा पढाई सुरु गर्न सूचित

इच्छाकामना न्युज

१०, बैशाख २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा पढाई सुरु गर्न सूचित
images

तनहुँ, वैशाख १० गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आन्दोलनरत शिक्षकलाई पढाइ सञ्चालन गर्न निर्देशन गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा वैकल्पिक उपाय अबलम्बन गरी बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न सूचित गरिएको हो ।

images
images

अध्यक्ष चुमानद्वारा जारी विज्ञप्तिमा शिक्षकहरुको जायज मागका लागि हाल चलिरहेको आन्दोलन प्रति आँबुखैरेनी गाउँपालिकाको पनि ऐक्यवद्धता रहेको उल्लेख गर्दै तथापी लामो समयसम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ ।

नेपालको संविधानले नै बालबालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको जनाइएको छ । आफ्नो वार्षिक नीति, बजेट तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि आँबुखैरेनी गाउँपालिका हरदम प्रयत्नशील रहि आएकोमा बाधा पुगेको विज्ञप्ति उल्लेख छ । विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान गर्न अनुरोध गरिएको छ । 

सबै विद्यालयहरुले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरु तत्काल सञ्चालन गरी वैशाख १४ गतेबाट नियमित रुपमा विद्यालय सूचारु गर्न, गराउनु हुन सम्बन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुमा जानकारीका लागि सूचित गरिएको छ । 

 

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:१७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology