चितवन फाल्गुन,१४।बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताको फाईनल खेल आज (शुक्रबार) हुने फुटबल संघ नुवाकोटले जनाएको छ । मकवानपुरको १ को विरुद्ध ४ गोल गर्दै फाईनल पुगेको धादिङ र सिन्धुपाल्चोक विरुद्ध १ गोल गर्दै फार्ईनल पुगेको यी दुई टिम बीच आज (शुक्रबार) दिउँसो १ बजे फार्ईनल खेल हुन लागको हो । खेल नुवाकोट स्थित बट्टार खेल मैदानमा हुने छ । यस प्रतियोगितामा फाईनल विजेताले ५ लाख पाउने छन् भने उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फा नुवाकोटले जनाएको छ ।