Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माईत एण्ड घरको 'नाचन' म्युजिक भिडियो सार्वजनिक

माईत एण्ड घरको 'नाचन' म्युजिक भिडियो सार्वजनिक

इच्छाकामना न्युज

२, बैशाख २०८२
माईत एण्ड घरको 'नाचन' म्युजिक भिडियो सार्वजनिक
images
काठमाडौं, २ बैशाख । माईत एण्ड घर ब्यान्डको नयाँ गित 'नाचन' म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नयाँ बर्ष २०८२ को अवसर पारेर माईत एण्ड घर ब्यान्डको अफिसियल युटुब च्यानल मार्फत उक्त गितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
पश्चिमी लोक रक पप शैलीको गितलाई आफ्नो पहिचानको रुपमा स्थापित गर्दै आएको ब्यान्डले चौथो साङ्गेतिक कोशेलीको रुपमा 'नाचन' गित बजारमा ल्याएको छ ।
आँबुखैरेनी गाउँपालिका-५, छिम्केश्वरी तनहुँमा जन्मिएका गायक मैत गुरुङले ९/१० बर्ष अगाडी आँबुखैरेनीमा लाग्ने ठुलो मेला कृष्ण जन्माष्ट्मी जात्रा हेर्न आउने क्रममा चुडकामा नाच्दै गरेका सुन्दर युवतीहरुलाई देखेर 'नाचन' गित रचना गरेका थिए ।
उक्त गितमा गायक मैत गुरुङ आफैले स्वर दिएका छन, भने गितारमा मनोज रुचाल, ड्रममा राजबिर लामा, मादलमा कुन्दन साह, बासुरीमा किरन बराल र बास गितारमा पंकज झाँले संगीत भरेका छ्न ।
उक्त गितको रेकर्डिङ, मस्टरिङ र मिक्सिङ देव लामाले गरेका छ्न ।
 

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २३:३२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology