Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा बलात्कार विरुद्ध प्रदर्शन

चितवनमा बलात्कार विरुद्ध प्रदर्शन

इच्छाकामना न्युज

२५, आश्विन २०७७
चितवनमा बलात्कार विरुद्ध प्रदर्शन
images

चितवन, २५ असोज । देशमा बलात्कारजन्य महिला हिंसाका घटना बढ्दै गइरहेको भन्दै त्यसको विरुद्धमा चितवनमा प्रदर्शन गरिएको छ । फिमेल रुम नेपाल चितवन फेसबुक गुप्र र लियो क्लब अफ भरतपुर(एरिया ३) को संयुक्त आयोजनामा पर्दशन गरिएको हो ।

images
images

आज दिउँसो चौबिसकोठीमा बलात्कार विरुद्धमा विभिन्न प्लेकार्ड प्रदर्शन तथा नारा लगाउँदै विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक फिमेल रुम नेपाल चितवनकी रचना सुवेदीले जानकारी दिनुभयो । दिनहुँ बलात्कारका जघन्य घटना बढ्दै जादा सरकारको मौनता बढ्दै गएको भन्दै प्रदर्शन गरिएको सुवेदीले बताउनुभयो ।

‘प्रदर्शनको क्रममा एक जना बलात्कारी जोगिँदा सयौँ बलात्कारी जोगिन सक्छन् सरकार’ , ‘न्यायालय छ न्यायाधीश छ न्याय छैन’ लगायतका प्लेकार्ड पर्दशन गरिएको थियो । प्रर्दशनमा झण्डै २०० जनाको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १८:१२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology