Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने

नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने

इच्छाकामना न्युज

२६, चैत्र २०८१
नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने
images

चितवन, चैत २७ । नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१ गते विभिन्न ब्यान्ड सहितको सांगीतिक कन्सर्ट गर्न लागेको हो ।

images
images

नयाँ वर्षको अवसर पारेर गर्न लागिएको कन्सर्टमा मन्त्र ब्याण्ड, कुटुम्ब ब्याण्ड, द एक्स ब्याण्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केयर एण्ड जोए ब्यान्डको सांस्कृतिक प्रस्तुती रहने आयोजकले आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

मिसन रेड न्यू इएर फेस्ट सांगीतिक कन्सर्ट नाम दिइएको कन्सर्टमा पन्ध्र हजार दर्शकको उपस्थिती रहने आयोजकले बताएको छ । चैत्र ३१ गते दिउँसो ३ बजेदेखी सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ६ हजार रुपैयाँसम्म तोकिएको छ । ५८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा ८० लाख रुपैयाँ रकम संकलन हुने लक्ष्य राखिएको कार्यक्रम संयोजक प्रविण देवकोटाले जानकारी दिए ।

कन्सर्टबाट हुने आम्दानीले राष्ट्रिय रक्तदाता सम्मेलन गर्ने र रक्तदाताको तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन बनाउने योजना रहेको उनले बताए । मिसन रेड अभियान अन्तरगत एक वर्षभित्र सयभन्दा बढी रक्तदाता सम्बन्धि कार्यक्रम गरिसकिएको छ । आगामी दिनमा पाँच हजार पिन्ट रगत संकलन गर्ने र दश हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले सुनाए । हालसम्म अभियानले दुई हजार पाँच सय सय बढी पिन्ट रगत संकलन गरेको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:४३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology