Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जलदेवी आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन

जलदेवी आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन

इच्छाकामना न्युज

२५, चैत्र २०८१
जलदेवी आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन
images
आँबुखैरेनी, २६ चैत्र । जलदेवी आधारभूत विद्यालय आँबुखैरेनी–५, बरालुङ्गबेसी तनहुँको नवनिर्मित २ कोठे भवनको उद्घाटन गर्नुभएको छ ।
एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सो विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन गर्नुभएको हो ।
झण्डै ३१ लाख रुपैंयाको लागतमा निर्मित उक्त भवन २ आर्थिक वर्षको अवधिमा निर्माण सम्पन्न भएको वडा नं. ५ का वडाअध्यक्ष सन्तोष गुरुङ्गले जानकारी दिनुभयो ।
उक्त विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित २ कोठे भवनको उद्घाटन गरिएको थियो ।
सो कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, वडा नं. ५ का वडाअध्यक्ष सन्तोष गुरुङ्ग, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं पूर्व वडाअध्यक्ष पञ्च बहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक तिर्था अधिकारी लगाएतकाले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:३०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology