Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अनेमसंघ इच्छाकामनाको वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अनेमसंघ इच्छाकामनाको वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१६, चैत्र २०८१
अनेमसंघ इच्छाकामनाको वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

जलविरे । नेकपा एमालेको भातृसंस्था अखिल नेपाल महिला संघ इच्छाकामना गाउँकमिटिको आयोजनमा वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार इच्छाकामना गाउँपालिका ६ जलविरे स्थित लामो झरनाको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

images

486841326_2145226285979832_4390859119366202554_n.jpg

अनेमसंघ इच्छाकामनाका अध्यक्ष शर्मिला धरेल उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य शान्ति अधिकारी प्रमुख अतिथि रहनुभएको भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएका पूर्व संघीय सभासद एवं नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल र नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रमुख वक्ताको रुपमा कार्यक्रममा सम्बोन्धन गर्नुभएको थियो ।

487331939_2145226319313162_9207813200629277215_n.jpg

कार्यक्रममा अतिथिको रुपमा नेकपा एमाले चितवनका जिल्ला सदस्य एवं इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेकपा एमाले चितवन जिल्ला सदस्य इच्छा त्रिपाठी, जिल्ला सदस्य एवं वडाध्यक्ष रुद्र उप्रेती, पूर्व एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष एवं वडा वडाध्यक्ष नर बहादुर नेपाल, जिल्ला सदस्यहरु जुना राजभण्डारी र चन्द्रमणी सापकोटा, नेकपा एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष प्रकाश अधिकारी, अनेमसंघ इच्छाकामना इन्चार्ज रीता अर्याल नेपाल लगायतको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - १०:४४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology