Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउँदै, अरु दलसँग पनि छलफल 

प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउँदै, अरु दलसँग पनि छलफल 

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउँदै, अरु दलसँग पनि छलफल 
images

काठमाण्डौ, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–माधव समूहले नया रणनीति बनाउने भएको छ । यसअघि तय गरिएका विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गर्ने र आजैबाट अरु दलसँग छलफल सुरु गर्ने तयारी छ । 
तयारीका लागि आज प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । 
यसैबीच, संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको नेता यागेश भट्टराईले जानकारी दिनुभयो । 
संसद पुनस्र्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टीले फैसलाको स्वागत गर्दै सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे तथा काठमाडौंको शान्ति वाटिकामा मध्यान्ह १२ बजे कार्यक्रम गर्न लागेको नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जलमार्फत जानकारी दिनुभएको छ । 
आज बिहानै चितवनबाट काठमाण्डौ आइपुग्नु भएका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल आज आन्तरिक रुपमा अरु दलसँग पनि छलफल गर्नु हुनेछ ।  तत्काल संसदीय दलको बैठक बोलाएर अगाडी बढने विषयमा छलफल हुनेछ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०९:०८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology