Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

Sobizpress SuAdmin

१, चैत्र २०८१
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
images

२ चैत, काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

images
images

रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो ।

टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - ०८:५९:१० बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology