Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी आँबुखैरेनीको मस्र्याङ्दी युथ क्लबलाई

प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी आँबुखैरेनीको मस्र्याङ्दी युथ क्लबलाई

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी आँबुखैरेनीको मस्र्याङ्दी युथ क्लबलाई
images

आँबुखैरेनी, ११ फागुन । प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी आँबुखैरेनीको मस्र्याङ्दी युथ क्लबले हात पारेको छ। आज भएको फाईनल खेलमा सत्रसय बी लाई ० का विरुद्ध ४ गोल गर्दै आँबुखैरेनीको मस्र्याङ्दी युथ क्लबले प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी हात पारेको हो । 
उपाधीका लागि मस्र्याङ्दी युथ क्लबका श्रीकृष्ण रानाले ह्याट्रीक गरेका छन्। सेमिफाईनलमा एपोलो मुग्लिङ्गलाई २–० गोल अन्तरले हराउदै मस्र्याङ्दी युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो, भने टाई बे्रकरमा सत्रसय बीले मार्किचोक युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो। 
जितसगैं मस्र्याङ्दी युथ क्लबले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता सत्रसय बीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष आदम गुरुङ्गले जानकारी दिए। खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका मस्र्याङ्दी युथ क्लबका श्रीकृष्ण रानाले उत्कृष्ट खेलाडीको उपाधी जितेका छन्। 
गत फागनु ७ गते देखि जारी फुटबल प्रतियोगिताको समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, लेखाअधिकृत टेकनाथ पराजुली, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापा, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो।

images
images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २१:३७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology