Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सहकारी कर्मचारी क्लबद्धारा दुर्घटनामा घाईते गुरुङ्गलाई उपचार खर्च सहयोग

सहकारी कर्मचारी क्लबद्धारा दुर्घटनामा घाईते गुरुङ्गलाई उपचार खर्च सहयोग

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
सहकारी कर्मचारी क्लबद्धारा दुर्घटनामा घाईते गुरुङ्गलाई उपचार खर्च सहयोग
images
आँबुखैरेनी, फागुन २७ गते । आँबुखैरेनी सहकारी कर्मचारी क्लब तनहुँले मोटरसाइकल दुर्घटनामा परी घाईते भएकी क्लबकी सदस्यलाई उपचार खर्च सहयोग गरेको छ ।
गत फागुन १७ गते दमौलीमा मोटरसाइकल दुर्घटनामा परि घाईते भएकी भगवती बचत तथा ऋण सहकारी संस्था आँबुखैरेनीमा कार्यरत कर्मचारी तुषा गुरुङको उपचारका लागि रु. १ लाख १ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरिएको आँबुखैरेनी सहकारी कर्मचारी क्लबले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका एवं गोरखा आसपासमा रहेका सहकारी संस्थाका कर्मचारीहरु मिलेर सहयोग संकलन गरि शिघ्र स्वास्थ्य लाभको कामना सहित घाईते गुरुङलाई आर्थिक सहयोग गरिएको सहकारी कर्मचारी क्लब अध्यक्ष नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।
आँबुखैरेनी सहकारी कर्मचारी क्लबका पदाधिकारीहरुको उपस्थितीमा मंगलबार घाईते गुरुङ्गकी दिदी पवित्रा गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
दुर्घटनामा घाईते भएकी तुषा गुरुङ्ग र उनका श्रीमानको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:२१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology