Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तनहुँका संघीय सांसद डा. स्वर्णीम वाग्लेद्वारा घुमाउने पुल र बुद्धसिंह मार्गको स्थलगत निरिक्षण

तनहुँका संघीय सांसद डा. स्वर्णीम वाग्लेद्वारा घुमाउने पुल र बुद्धसिंह मार्गको स्थलगत निरिक्षण

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०८१
तनहुँका संघीय सांसद डा. स्वर्णीम वाग्लेद्वारा घुमाउने पुल र बुद्धसिंह मार्गको स्थलगत निरिक्षण
images

आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ का संघिय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लले विगत १० वर्ष सम्म अलपत्र रहेको घुमाउने पुल र  बुद्धसिंह मार्गको स्थलगत निरिक्षण गरेको छ । सांसद वाग्लेले आज उक्त पुल र राजमार्गको स्थलगत निरिक्षण गरेको हो ।

सांसद वाग्लेले केहि दिन अघिमात्र घुमाउने पुल निर्माण अलपत्र परेको भन्दै संसदमा बोलेका थिए । उनले पुल र बाटोको निरिक्षण सँगै मतदाताको अवस्था बुझ्दै तनहुँको दक्षिणी भेगका जनताको घर दैलोमा पुगी स्थानीयहरुको गुनासो सुनेका छन् । घुमाउने हुँदै दमौली निस्किने बुद्धसिंह राजमार्गमा पर्ने मतदाताको घर घरमा पुगेर उनले गुनासो सुनेका हुन् 

a6acee3a-be76-4813-8c3e-9f3da5d61072.jpeg

सांसद वाग्लेले घुमाउने पुल निर्माण संघर्ष समितिसँग समेत बसेर पुल निर्माण भएको ढिलाई बारे छलफल गरेका थिए । स्थानीयसँग कुराकानी गर्दै उनले घुमाउने पुलकोे विषयमा आफु निर्वाचित भए देखि नै पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाइरहेको बताए । यदि यहि अवस्थामा पुल नबन्ने हो भने  ठेक्का रद्ध गरेर भएपनि नयाँ ठेक्का खोलेर पुल निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

साथै सोही ठाउँमा तनहुँ जिल्लाबाट चितवन जोड्न सञ्चालनमा आइरहेको झोलुङ्गे पुल समेत निरीक्षण गरेका छन् । यसपटकको बाढीले क्षतिग्रस्त उक्त पुलमा दिनहुँ ६०–७० ओटा मोटरसाइकल चलिरहेको हुँदा पुलको तत्काल मर्मत गर्न जिल्ला पूर्वाधार विकास कार्यलय तनहुँका प्रमुख, गण्डकी प्रदेशका अर्थसचिव लगायतसँग समन्वय गरी तत्काल काम अगी बढाउन सहजीकरण  गर्ने काम समेत गरेका छन् । 

d2dcbb31-486b-42ea-8660-cfbddbb992b8.jpeg

सांसद वाग्ले आजै देखि ३ दिन सम्म तनहुँका विभिन्न कार्यक्रम सहभागी भएर २४ गते काठमाण्डौ फर्कने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका जिल्ला सह–सचिव एवं संगठन विभाग प्रमुख अनिल श्रेष्ठ जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ००:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology