Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कङ्गोका लागि इटलीका राजदूत लुकाको हत्या 

कङ्गोका लागि इटलीका राजदूत लुकाको हत्या 

एजेन्सी

११, फाल्गुण २०७७
कङ्गोका लागि इटलीका राजदूत लुकाको हत्या 
images

कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको हत्या गरिएको छ। कङ्गोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका बेला उहाँको हत्या गरिएको हो ।
पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उहाँका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको बीबीसीले लेखेको छ।सुरक्षा दलका अरू केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ। 
घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूले बताएका छन् ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:३७:४६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology