आँबुखैरेनी, ११ फागुन । आँबुखैरेनीमा जारी प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाईनल र फाईनल खेल हुने भएको छ। हिजो सोमबारसम्म क्वाटरफाइनल खेल सकिएसँगै आज सेमिफाईनल र फाईनल खेल हुने भएको हो।
आज हुने सेमिफाईनल चरणका खेलहरु अहिले बिहान ९ बजेदेखि सुरु हुनेछन्। सेमिफाईनलको पहिलो खेलम मार्किचोक युवा क्लब र सत्रसय बी बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा एपोलो मुग्लिङ्ग र मस्र्याङ्गदी युथ क्लबबीच हुनेछ।
सेमिफाईनल खेलबाट बिजयी बनेका २ टिमले आज मंगलबार दिउँसो २ बजेपछी फाईनल खेल खेल्नेछ । गत फागुन ७ गतेबाट मार्किचोक युवा क्लबको आयोजनामा आँबुखैरेनी रंगशालामा जारी प्रथम आँबुखैरेनी रंगशाला कपको बिजेता टिमले नगद रु। ५० हजार ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेता टिमले नगद रुं २५ हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।