Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

(तमू गुरुङहरुको सफलता यात्रा) फेसबुक र गुगलसम्म

(तमू गुरुङहरुको सफलता यात्रा) फेसबुक र गुगलसम्म

इच्छाकामना न्युज

२४, आश्विन २०७७
(तमू गुरुङहरुको सफलता यात्रा) फेसबुक र गुगलसम्म
images

काठमाडौं, २४ असोज

images
images

जीवनमा सफलता प्राप्त गर्न के गर्नुपर्छ ? नेपालमै पढेर फेसबुक र गुगल जस्ता बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका नेपाली युवा डा. टोपराज गुरुङ भन्छन्, ‘सफलताका लागि महत्वकांक्षा, स्पष्ट कार्यदिशा, धैयर्ता, लगनसिलता, निरन्तरता र दृढ इच्छा शक्ती आवश्यक पर्दछ ।’

कास्कीको पोखरामा विद्यालय शिक्षा र काठमाडौंमै कलेज शिक्षा लिएका उनी यही मन्त्रले फेसबुक र गुगलसम्म पुग्ने सफलता मिलेको सुनाउँछन् । ‘सफल जीवनका लागि एउटा अनुशासित शैलीलाई पछ्याउन आवश्यक छ’, उनी भन्छन् । 

जुममार्फत शुक्रबारबाट भर्चुअल्ली सुरु गरिएको दोस्रो अन्तर्राष्ट्रिय तमू सम्बाद शृंखलाको दोस्रो दिनको पहिलो सेसनमा शनिबार उनले आफ्नो सफलताको कथा सुनाए । उनी लक्ष्य, योजना र त्यसको कार्यान्वयनको तीन चरणबाट सफलता अघि बढ्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा शुक्रबारबाट ‘भर्चुअल्ली’ सुरु भएको अन्तर्राष्ट्रिय तमू सम्बादको दोस्रो दिन तमू गुरुङहरुको सफलताको यात्रा शिर्षकमा छmलफल भएको हो । 

विद्यावारिधी गर्दा गर्दै सन् २०१३ मा गुगलसँग सम्बन्धित भएका टोपबहादुरले सन् २०१५ देखि ०१९ सम्म फेसबुकमा काम गरेका थिए । उनी अहिले फेरि गुगलमै फर्किएका छन् । उनी उच्च शिक्षाका लागि अमेरिका पुगेका हुन् । 

उनी नेपालमै फर्केर देशका लागि योगदान पु¥याउने योजनामा रहेको बताउँछन् । ‘देशका लागी महाबीर पुन दाइले ठूलो योगदान पु¥याउनु भएको छ । मेरो उदेश्य पनि यसरी नै देशका लागि योगदान पु¥याउने नै रहेको छ’, उनी भन्छन्, ‘भविश्यमा म आफ्नो यो उदेश्य पूरा गर्ने छुँ ।’

शनिबारको सम्बादको अर्की वक्ता त्रीभुवन विश्वविद्यालयकी पहिलो गुरुङ महिला प्राध्यापक लालकुमारी गुरुङले सफलताका लागि परिवारको साथ र सहयोग महत्वपूर्ण हुने उल्लेख गरिन् । भारतमै जन्मी हुर्केर आफ्नो जीवन नेपाललाई सुम्पिएकी उनी भन्छिन्, ‘जीवनमा धेरै उतार चढाव आउँछन् । त्यसमा अल्झिएर बस्नु हुन्न । परिवारको साथ र सहयोग हुने हो भने अघि बढ्न धेरै सहज हुने छ ।’

भारतीय सेनाबाट अवकास प्राप्त मेजर जनरल गोपाल गुरुङले युवाहरुलाई अवसर खेर जान नदिन सुझाव दिए । विभिन्न कारणले इन्जिनियर बन्ने सपना त्यागेर सैनिक सेवामा प्रवेश गरेका उनी युवाहरुलाई सफलताका लागि जस्तो सुकै चुनौतीको सामना गर्न तयार हुनु पर्ने सुझाव दिन्छन् । 

‘तपाईहरु आफ्नो समूदाय वा आफ्नो जरो किलोसँग जोडिरहने प्रयास गर्नुहोस् । यसले पनि तपाईहरुलाई अघि बढ्ने हौसला मिल्ने छ’, उनी भन्छन्, ‘चुनौती आउँछन्, त्यसलाई सामना गर्नुपर्दछ । अवसर खेर जान दिनुहुन्न । सफलता प्राप्त हुने नै छ ।’

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १९:२८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology