Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

अजिरकोट सहकारीका अध्यक्ष र वडाध्यक्षविरुद्ध किर्ते जालसाजी मुद्धा

अजिरकोट सहकारीका अध्यक्ष र वडाध्यक्षविरुद्ध किर्ते जालसाजी मुद्धा

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
अजिरकोट सहकारीका अध्यक्ष र वडाध्यक्षविरुद्ध किर्ते जालसाजी मुद्धा
images

मेलिना बराम ।

images
images


गोरखा । अजिरकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा अजीरकोट ३ का वडाध्यक्षसहित तीन जनाविरुद्ध किर्ते जालसाजी आरोपमा मुद्धा दर्ता भएको छ । अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष अञ्जना थापाले वडाअध्यक्ष बाबुराम अधिकारीसहित सहकारीका अध्यक्ष रामशरण अधिकारी र सचिव एकबहादुर राना मगरविरुद्ध गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

भच्चेकमा सञ्चालित अजीरकोट कोसेलीघर तथा कृषि उपज संकलन केन्द्रका लागि अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट ९ लाख ७५ हजार रकम निकासा गर्ने क्रममा आफ्नो किर्ते सहि गरिएको भन्दै कोषाध्यक्ष थापाले मुद्दा दर्ता गरेकी अदालतले जनाएको छ । वडाअध्यक्ष अधिकारी सो सहकारीको निवर्तमान अध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा वडाध्यक्ष पदमा विजयी बनेपछि उनले सहकारी छोडेका थिए ।

त्यसपछि रामशरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो । नयाँ नेतृत्व बनेकोबारे आफुलाई केही जानकारी नभएको कोषाध्यक्ष अन्जना थापाले बताइन् । कोसेली घरको व्यवस्थापनका लागि भन्दै संस्थाले एक जनालाई मासिक २५ हजार तबल सुविधा दिने गरी व्यवस्थापक समेत राखेको उनले बताइन् । तर, व्यवस्थापक राख्ने क्रमममा पनि उनको किर्ते सहि गरेर माइनुट गरिएको बताइन् । त्यसबारे पनि आफुले पछि मात्र थाहा पाएको थापाको भनाइ छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २१:२६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology